२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु



काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१, २१ आश्विन सोमबार ००:००  ५ : १२ बजे