२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै जिल्लाबाट दसैंमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार



दसैंमा नुवाकोटमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार भएको छ काठमाडौंलगायतका जिल्लामा नुवाकोटमा खसीबोका निर्यात भएको हो।

१२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा दसैंमा चार करोडको खसीबोका खपत भएको र दसैंमा मात्र करिब ती करोड रुपैयाँको कारोबार भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अधिकृत भरत पाण्डेका अनुसार दसैंका लागि नुवाकोटबाट सात सय बढी खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो।

छिमेकी चीनको केरुङबाट भेडाच्याङ्ग्रा आउन छाडेपछि खसीबोका खरिद गर्नेहरू बढेको पशुसेवा कार्यालय नुवाकोटका अधिकृत पाण्डेले बताए। पाण्डेका अनुसार यसबाहेक रांगो, कुखुरा, माछासमेत गरी थप एक करोड रुपैयाँ बराबरको मासु र माछाजन्य वस्तु खपत भएको थियो।

प्रकाशित मिति : २०८१, २७ आश्विन आइतबार ००:००  ८ : १६ बजे