२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका प्रबेश पौडेललाई अष्ट्रेलियाका उपसभामुखद्वारा सम्मान

न्युक्यासल स्वयंसेवी सेवा पुरस्कार २०२४ नेपाली युवाले पाए



नेपाली युवा प्रवेश पौडेलले अष्ट्रेलियामा अवार्ड पाएका छन् । बहुसांस्कृतिक समाजमा स्वयंसेवी भएर उत्कृष्ट काम गरेको भन्दै अष्ट्रेलियाकी प्रतिनिधि सभाका उपसभामुख (डेपुटी स्पीकर) समेत रहेका न्यूक्यासलका संघीय सांसद शेरोन क्लेडनले नेपाली युवा पौडेललाई न्युक्यासल स्वयंसेवी सेवा पुरस्कार २०२४ प्रदान गरेकी हुन् ।

अष्ट्रेलियामा यस्तो अवार्डलाई उच्च सम्मानको रुपमा लिईन्छ र उपसभामुखको हातबाट यो पदक पाउने सम्भवतः पौडेल नै पहिलो नेपाली हुन् ।

नेपालबाट २०१७ मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका प्रवेश पौडेलले २ वटा विषयमा डिग्री गरेका छन् । अध्ययनका अलवा सामाजिक काममा स्वयंसेवी भुमिका खेलिरहेका पौडेललाई अष्ट्रेलियाकी प्रतिनिधि सभाका उपसभामुख शेरोन क्लेडनले पत्र लेखेर अवार्ड ग्रहणका लागि आमन्त्रण गरेकी थिइन् ।

एका भव्य समारोहका बीच स्वयंसेवी युवा पौडेललाई अवार्ड हस्तान्तरण गरिएको छ । यो सम्मानले अष्ट्रेलियामा रहेका नेपाली समुदायमा गौरव बढाएको छ ।

समुदायको हितमा स्वयंसेवी रुपमा गरेको योगदानको मुल्याङ्कन गर्दै राज्यस्तरबाटै भएको सम्मानले आफुलाई थप सामाजिक स्वयंसेवा गर्न थप उर्जा मिलेको पौडेलले बताएका छन् । 

लामो समय बैंङ्कीङ एण्ड अकाउन्टीङ्क र हाल लोन प्रोसेसरको रुपमा समेत कार्यरत पौडेल नेप्लिज कम्युनिटी न्यूकासलका संस्थापक मध्येका एक हुन् ।

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  ८ : ०० बजे