२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण लगानी नबढेपछि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?



बैंकहरूले आउँदो कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो ।

बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । एउटा बैंकले भने ब्याजदर बढाएको छ । सानिमा बैंकको ब्याजदर सामान्य बढेको हो । नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ । बाँकीको स्थिर छ ।अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ ।

बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो । कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन् ।

चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् ।

हेर्नुस् कसको व्याजदर कति ?

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  ३ : ०४ बजे