२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मल्लको निधन



बाजुराको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर्सिङ अधिकृत प्रेमकला मल्लको निधन भएको छ । ५२ वर्षिया मल्लको बुधबार निधन भएको हो ।

कुनै दिर्घ रोग नभएको र अचानक निधन भएकाले हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

हिमालीको वडा नम्बर ४ स्थायी घर भएकी मल्ल अग्रज र अनुभवी स्वास्थ्यकर्मी थिइन् ।

उनको निधनले हिमालीको स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीको भनाइ छ ।

स्वास्थ्य प्रमुख मल्लको निधनप्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८१, १ कार्तिक बिहीबार ००:००  २ : ०४ बजे