२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउस सञ्चालक पक्राउ



बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेष्ट हाउसमा सरसफाईको काममा लगाइ दिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ ।

आरोपित गेष्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।

पीडित बालिकालाई एक महिनासम्म गेष्ट हाउसबाट बाहिर जान समेत नदिएको र जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ । पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए ।

उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  १ : ५९ बजे