२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी, पूर्व गृहमन्त्री पक्रिन रास्वपा कार्यालय पुग्यो सीआईबी



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।

सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो।

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो। रवि अहिले पार्टी कार्यालयमा छन्। उनी सम्बोधन गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  ५ : ३६ बजे