२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको कहरमा पनि मानेभञ्ज्याङका १५ जना कांग्रेसमा भित्रिए



ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङका स्थानीय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कोरोनाको कहरकै बिच सोमबार अन्य पार्टी परित्याग गर्दै १५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा र जसपा लगायतका दल त्यागेर कांग्रेस प्रवेश गर्नेहरुलाई कांग्रेस नेता रामहरि खतिवडा सहितका नेताले पार्टीमा स्वागत गरेका छन् ।

मानेभञ्ज्याङ वडा नम्बर ९ मा तत्कालिन नेकपा माओवादीबाट महिला सदस्यको प्रत्यासी उम्मेदवार कोपिला राई र जनता समाजवादी पार्टीका युवा नेता नवीन राई सहित १५ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

कोरोनाको कहरमा बसेका जनतालाई भेट्न गाउँ आएका बेला पार्टीमा प्रवेश गर्नेहरुकै अनुरोधमा कोरोनााट बच्न सतर्कता अपनाएर पार्टी प्रवेश कार्यक्रममा सहभागी भएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले कांग्रेस पार्टी प्रतिको जनताको विश्वास कायमै रहेकाले नव आगन्तुकको उत्साहले पार्टीलाई थप चलायमान बनाउने तर्क गरे । राणा र राजाको अन्त्य गरेको नेपाली काङ्ग्रेसलाई जिताएर यो देशमा फेरि शान्ती र समृद्धि तर्फ लाग्न जनताले साथ दिने उनको भनाई थियो । वर्तमान सरकारको कमजोरी ओल्याउँदै नेता खतिवडाले कांग्रेसले हार्दा मुलुकले हारेको टिप्प्णी गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई कांग्रेस जिल्ला सभापति प्रदिपकुमार सुनुवार, जिल्ला सचिव रुद्रप्रसाद अधिकारी, क्षेत्रीय सभापति तथा मानेभञ्ज्याङ गाउँपालिका प्रमुख मोतिराज राई  र सह–सचीव तथा मानेभञ्ज्याङ गाउँ पालिका उप–प्रमुख सविता राई लगायतले सम्बोधन गरेको नेता खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  ३ : ०५ बजे