२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूनपा २ को २ वर्ष : पूर्वाधार विकासमा ऐतिहासिक फड्को



काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा पछिल्लो २ वर्षमा पूर्वाधार विकासका कामले गति लिएका छन् । २०७९ को स्थानीय निर्वाचनपछि वडाको भौतिक विकासले तिव्रता पाएको हो ।

स्थानीय जनप्रतिनिधिले अघिल्लो कार्यकालमा सुरु गरिएका कामलाई संस्थागत गर्दै नयाँ गौरवका योजना कार्यान्वयन गर्न पहल गरेपछि बूनपा २ को विकासले फड्को मारेको छ ।

पञ्चायत कालदेखि विभिन्न व्यवस्था परिवर्तन हुँदै शासकीय स्वरुप फेरिँदा पनि व्यवस्थित हुन नसकेको सेवा प्रदायक कार्यालय वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । पुरानो जोखिमयुक्त भवनमा आकाशे पानी पर्दा छाता ओडेर बस्नुपर्ने अवस्था थियो । सुविधासम्पन्न वडा कार्यालयको भवन निर्माणपछि विगतको बाध्यता हटेको छ भने सेवा प्रवाह गुणस्तरिय बनेको छ ।

सडक निर्माण र स्तरोन्नतीका करिब ८५ प्रतिशत काम भएका छन् । वडा भित्रका सडक हिलो र धुलोमुक्त सडक बनाउने काम भईरहेको छ ।

वडाभित्र सुविधासम्पन्न पार्क, जेष्ठ नागरिक भवन, योगशाला, धर्मशाला, क्रियापुत्री भवन निर्माण,  धार्मीक तथा सांस्कृतिक पर्यटन विकासका लागि पञ्चकन्या मन्दिर र पुरानो किंवदन्ती बोकेको रुद्रेश्वर मन्दिर क्षेत्रमा पूर्वाधार विकासका काम भएका छन् । निर्मित संरचनाको दिगो व्यवस्थापनमा समेत वडाले काम गरिरहेको छ ।

जनताले प्रत्यक्ष देख्ने र सुविधा उपभोग गरेको महसुस गर्नेगरी पूर्वाधार विकासका कामहरु गरिएको वडाअध्यक्ष राजेन्द्र श्रेष्ठले दावी गरेका छन् । चुनावी वाचा अनुसार स्थानीयको माग र आवश्यकताका आधारमा काम गरिरहेको वडाअध्यक्ष श्रेष्ठले अनलाईन सरोकारसँग बताए । कतिपय काम पर्याप्त बजेट अभावले योजना अनुसार काम गर्न समस्या भएको र नगरपालिका मार्फत माथिल्ला सरकार र विकासे कार्यालयसँग पहल गरिरहेको उनको भनाई छ ।

वर्तमान वडाअध्यक्ष श्रेष्ठ निवर्तमान वडासदस्य हुन् । उनले वडासदस्य हुँदा पहिचान गरेका योजना वडाअध्यक्ष भएपछि कार्यान्वयन गरिरहेका छन् । पुरानो अनुभव र निरन्तरको पदिय जिम्मेवारीले पनि नतिजामुलक काम गर्न सफल भएको उनको अनुभव छ ।

बाँकी कार्यकालयमा थप जनपक्षीय काम गर्ने बूनपा २ का जनप्रतिनिधिकाे याेजना छ ।

२ वर्षमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा के के काम भए ? भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०८१, ३ कार्तिक शनिबार ००:००  ११ : ५६ बजे