२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुम्जाटार कपको उपाधि हिलेपानीले जित्यो



प्रथम रुम्जाटार फुटबल कपको उपाधि मितेरी फुटबल क्लब हिलेपानीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा जगरबोट फुटबल क्लब रुम्जाटारलाई २–१ गोल अन्तरले हराउँदै मितेरी फुटबल क्लबले उपाधि जितेको हो ।

भगवती फुटबल क्लब रुम्जाटारलाई ३–२ गोल अन्तरले हराउँदै सह–आयोजक रुम्जाटार युनाइटेड क्लब तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय हुने समुहले क्रमशः नगद ५०, ३५ र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका मितेरी फुटबल क्लबका राजु राई सर्वाधिक गोलकर्ता, जगरबोट एफसीका प्रकाश श्रेष्ठ उत्कृष्ट खेलाडी र मितेरी एफसीकै जोन श्रेष्ठ उत्कृष्ट गोल रक्षक बनेको आयोजक समाजका अध्यक्ष शिवदास गुरुङले बताए ।

विजेता क्लब तथा उत्कृष्ट खेलाडीहरुलाई सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

रुम्जाटार युथ तथा रुम्जाटार कलाकार समाजको आयोजना र रुम्जाटार युनाइटेड क्लबको सह–आयोजनामा फुटबल प्रतियोगितासँगै बृहत साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

खेलकुदका माध्यमबाट पर्यटकीय नगरी रुम्जाटारको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको गत असोज २ गते कोशी प्रदेशका पूर्व मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरेका थिए ।

चाडपर्वको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा खेलकुदका कार्यक्रमहरु भईरहेका छन् ।

प्रकाशित मिति : २०८१, ६ कार्तिक मंगलबार ००:००  ९ : २९ बजे