२०८१, ३० कार्तिक शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला



खोटाङमा नौ महिनादेखि वडाअध्यक्ष विहिन वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो ।

जनताको सेवा गर्नुपर्ने जिम्मेवारीमा रहेका वडाअध्यक्ष नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए ।

यस विषयमा जिल्ला निर्वाचन कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको छ ।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१, ८ कार्तिक बिहीबार ००:००  ९ : ४२ बजे