२०८३, २६ भदौ शुक्रबार | Sat Sep 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशमा भक्तपुर अस्पताल उत्कृष्ट



बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०-८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने तयारी गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् ।

भक्तपुर अस्पतालले स्वास्थ्य सेवामा निकै सुधार गरेको छ ।

प्रकाशित मिति : २०८१, ८ कार्तिक बिहिबार ००:००  ९ : ५५ बजे