२०८१, ११ पुस बिहीबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको गुनासो सुन्न ओखलढुंगामा अब हटलाईन सेवा



ओखलढुंगा । जनताको गुनासो सुन्नको लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले हटलाईन सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रशासनले सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि २४ सै घण्टा हटलाईन सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो । जिल्लामा सुशासन र सेवा प्रवाहमा चुस्तताको लागि प्रशासनले आगामी भाद्र १ गतेबाट सेवा सुचारु गर्ने छ ।

गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाएर प्रत्यक्ष रूपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि हटलाईन सेवा सञ्चालनमा ल्याउन लागिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘प्रशासन कार्यालयलाई गुनासो विहिन बनाउने हाम्रो उदेश्य छ ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले अनलाइन सरोकारसँग भने ‘हामीले नागरिकका गुनासोलाई चाँडो सम्बोधन गरेर सेवा प्रवाहलाई सरल बनाउने छौं ।’

उनले जिल्लाको शान्ति सुरक्षा, विपद व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र सुसासन सँग सम्बन्धि कुनै गुनासो भएमा हटलाइनमा फोन गरेर टिपाउन आग्रह समेत गरेका छन् ।

गुनासो सुन्ने हटलाइन सेवा सञ्चालनमा आए पछि जिल्लाका नागरिकको गुनासो सजिलै सम्बोधन हुने र समाधानको लागि तत्काल प्रक्रिया अघि बढाइने भएकाले जिल्लाको समृद्धिमा टेवा पुग्ने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार ००:००  ७ : ०६ बजे