२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ



चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजी छन् ।

अभियुक्तहरूलाई सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार ००:००  ९ : ०४ बजे