२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार



ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ ।

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको छ ।

नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । याे व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

प्रकाशित मिति : २०८१, ११ कार्तिक आइतबार ००:००  ७ : ३९ बजे