२०८१, ६ मंसिर बिहीबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियन संस्थाद्धारा खिजीदेम्बालाई २ वटा एम्बुलेन्स हस्तान्तरण (भिडियो)



ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई अम होंङ गिल ह्युमन फाउण्डेशनले २ वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होंङ गिलको नामबाट नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले खिजीदेम्बा गाउँपालिकालाई २ वटा एम्बुलेन्स सहयोग गरेको हो ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच फाउण्डेशनका प्रमुख क्याप्टेन अम होंङ गिलले खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई २ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स केही महिना अघि नै पालिकाले प्राप्त गरिसकेको भएपनि औपचारिक रुपमा आज  हस्तान्तरण गरिएको हो ।

नेपालको दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बाका नागरिकलाई बिरामीहुँदा समयमै अस्पताल पुग्न नपाएर अकाल मृत्युवरण गर्नुपर्नेसम्मका समस्या बुझेर आफुले २ वटा एम्बुलेन्स सहयोग गरेको क्याप्टेन अम होंङ गिलले बताए । ‘हिमाल आरोहण गर्न नेपाल आएका बेला सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पुग्दा खिजीदेम्बाका अध्यक्षले एम्बुलेन्सको खाँचो दर्शाउनुभयो । लगत्तै कोरिया फर्किएर सहयोगका लागि पहल थालेँ र २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छु । आशा छ नेपालीहरुले एम्बुलेन्स अभावमा अस्पताल पुग्न नपाएर उपचारबाट बञ्चित हुनुपर्ने छैन ।’ उनले भने ‘नेपालमा थुप्रै विद्यालयका भवनहरु बनाएर सहयोग गरेको छु । आगामी दिनमा पनि नेपाल र नेपालीका लागि योगदान गर्ने लक्ष्य छ ।’ नेपाल विश्वकै सुन्दर देश भएपनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफुले नेपालमा सहयोगका कार्यक्रम ल्याएको उनको भनाई छ । उनले सगरमाथासहित नेपालका दर्जनौं हिमाल आरोहण गरिसक्नु भएको छ ।

२ वटा एम्बुलेन्स सहयोग गर्ने क्याप्टेन गिललाई खिजीदेम्बाबासीले भव्य सम्मान गरेका छन् । एम्बुलेन्स पाएको खुसीमा खिजीदेम्बाका शेर्पा, तामाङ र सुनुवार समुदायले जातीय पहिचानसहितको झाँकी मार्फत दातालाई स्वागत र सम्मान गरेका थिए ।

खिजीदेम्बाको आवश्यकता र आफ्नो मागलाई स्विकार गरेर क्याप्टेन गिलले २ वटा एम्बुलेन्स सहयोग गरेपछि खिजीदेम्बाको स्वास्थ्य सेवामा थप सहजता आएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । पालिकामा उत्कृष्ट काम गर्ने योजना भएपनि स्रोत सिमित भएकाले दाताको भर पर्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष शेर्पाले आगामी दिनमा शिक्षा क्षेत्रमा पनि सहयोग गर्न दातासँग माग गरेका छन् ।

केहीवर्ष अघिसम्म ओखलढुंगा जिल्लाको दुर्गम पालिका खिजीदेम्बाबाट सामान्य उपचारका लागि समेत महंगो भाडा तिरेर नीजि सवारीमा वा सार्वजनिक बसमा यात्रा गर्नुपर्ने र जटिल अवस्था आइलागे हेलिकोप्टर नै चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २०८१, १२ कार्तिक सोमबार ००:००  ६ : २७ बजे