२०८१, ११ पुस बिहीबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ वर्षपछि डडेलधुरामा देउवाः अधुरा आयोजना पुरा गर्ने प्रतिबद्धता



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २ वर्षपछि आज डडेल्धुरा पुगेका छन् । २०७९ को चुनावमा विजयी भएपछि पहिलो पटक गृह जिल्ला फर्किएका देउवाले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका हुन् ।

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए ।

धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने देउवाको भनाइ छ ।

प्रकाशित मिति : २०८१, २६ कार्तिक सोमबार ००:००  १० : ०३ बजे