प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका हुन् ।
प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपिपी) को कुनै कुरा वा चर्चा नै नभएको बताए ।
संविधान संशोधनको विषय संसद्को भएकाले आयोग गठन गरिरहनु नपर्ने ओलीको भनाई थियो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्किएका छन् ।