२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री लामाको सय दिन : के के भए उपलब्धी ?


२०८१, २८ कार्तिक बुधबार ००:००  

42
Shares

वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आफ्नो १०० दिने प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लामाले बुधबार आज आफ्नो १०० दिनको उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

एक सय दिनको अवधि समृद्धि, सुशासनका लागि शासकीय प्रशासनिक र आर्थिक पक्षमा उपलब्धिमूलक भएको मुख्यमन्त्री लामाले जनाएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) को सहभागितामा गठन भएको यस सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको समस्याहरु पहिचान गरि समाधानकालागि आवश्यक नीति तयार गरि सम्वन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको बताएका छन । प्रदेशभित्र वित्तीय पारदर्शिता, सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व सङ्कलनलगायत नागरिक सरोकारका पक्षमा केन्द्रित रही कार्य अगाडि बढाइरहेको उल्लेख गरेका छन् ।

असोज १० गते देखि १२ गते सम्मको अत्याधिक बर्षाबाट भएको क्षतिलाई जनताको उद्धार , राहत र पुननिर्माणको बिषयमा आवस्यक सहयोग, व्यवस्थापन गरिनुका साथै अन्तर तह समन्वयलाई सघन बनाएको जनाएको छन । यस्तै उपलब्धि सार्वजनिक कार्यक्रममा बजेट कार्यान्वयनका लागि मन्त्रालयगत रुपमा कार्यक्रम कार्यान्वयन कार्यविधिहरु तयार भै कार्यान्वयनको चरण रहेको उल्लेख गरेका छन ।

प्रकाशित मिति : २०८१, २८ कार्तिक बुधबार ००:००  १ : ५४ बजे