२०८१, १९ माघ शनिबार | Sun Feb 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेथानचोकमा बागमतीका मुख्यमन्त्री: बाढीपहिरो प्रभावित क्षेत्रकाे पुनः निर्माण गर्ने प्रतिवद्धता



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनःनिर्माणकाे काम गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको शनिवार अवलोकन गर्ने क्रममा उनले पुनःनिर्माण एवं पुनर्वास कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘प्रदेशभित्रका बाढी प्रभावित स्थानीय तहमा पुनःनिर्माण एवं पुनर्वासका कार्यक्रम गर्न योजना बनाइने र क्रमशः कार्यान्वयनमा गइनेछ,’ लामाले भने, ‘यसका लागि पनि तिनै तहको सरकारबीच सहकार्य आवश्यक पर्दछ ।’ बाढीपहरिोबाट मृत्यु भएका प्रति परिवारलाई कार्यविधिअनुसार नै रु एक लाख राहत रकम प्रदान भइरहेको उल्लेख गर्दै उन प्रदेश सरकारसँग विपद् ब्यवस्थापनका लागि बजेट भएको बताए ।

मुख्यमन्त्री लामाले विपद्प्रभावितका लागि अपुग राहतका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको बताए ।

असोजको दोस्रो साता आएको बाढीपहिरोमा उक्त गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ताको अवस्थामा छन् । बाढीपहिरोले दुई सय ८२ घरपरिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले चार सय ८१ घर पूर्णरुपमा र एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको छ ।

यसैबीच गाउँपालिकाले बाढीपहिरोको क्षति र पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री लामाको ध्यानार्षण गराएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट ब्यवस्थापन गर्न अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट ब्यवस्थापनका लागि आफूले पहल गर्ने बताएका छन् ।  

प्रकाशित मिति : २०८१, १ मंसिर शनिबार ००:००  ९ : २९ बजे