२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाइटीमा हिंसाः २० हजारभन्दा बढी विस्थापित



हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा चार दिनमा २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका हाइटी प्रमुख ग्रेगोइर गुडस्टीनले पोर्ट–ओ–प्रिन्सको अलगावले लामो समयदेखि गम्भीर मानवीय स्थितिलाई बढावा दिइरहेको जानकारी दिएका हुन् ।

आइओएमका अनुसार हालै बसाइँ सर्न बाध्य भएका करिब २० हजारमध्ये करिब १७ हजार मानिस पहिलेदेखि नै अस्थायी आवासमा थिए र धेरै पटक विस्थापित भइसकेका छन् ।

आप्रवासन एजेन्सीका अनुसार सन् २०२३ को अगष्टदेखि हाइटीमा यति ठूलो सङ्ख्यामा विस्थापन भएको देखिएको थिएन ।

हाइटीका प्रधानमन्त्री एलिक्स डिडिएर फिल्स–एमेले निवर्तमान प्रधानमन्त्री गैरी कोनिलेको स्थानमा सोमबार सपथ लिएका छन् ।

पोर्ट–ओ–प्रिन्समा हिंसात्मक अपराध उच्च छ, शहरको लगभग ८० प्रतिशत नियन्त्रण गरेका सशस्त्र गिरोहहरूले नियमित रूपमा नागरिकहरूलाई लक्षित गर्छन् । यद्यपि, कोनिले नेतृत्वको अन्तर्राष्ट्रिय बललाई हाइटीको प्रहरीलाई सुव्यवस्था बहाल गर्न मद्दत गर्न तैनाथ गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार यस वर्ष सामूहिक हिंसाका कारण करिब चार हजार व्यक्तिकोे मृत्यु भएको छ ।

पोर्ट–ओ–प्रिन्समा पुग्ने वा प्रस्थान गर्ने तीन वटा जेटलाइनरमा गोली चलेपछि संयुक्त राज्य अमेरिकाले एक महिनाका लागि सबै नागरिक उडानमा प्रतिबन्ध लगाएपछि हाइटीले गत हप्ता बाँकी विश्वसँग ठूलो सम्बन्ध गुमाएको थियो । रासस

प्रकाशित मिति : २०८१, २ मंसिर आइतबार ००:००  १ : २० बजे