२०८१, ९ चैत्र आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिजिटल ड्राइभिङ लाइसेन्स नियमन गर्न बागमतीका मुख्यमन्त्रीले दिए ट्राफिकलाई स्मार्टफोन



डिजिटल लाइसेन्स चालक अनुमति पत्रको नियमनका लागि बागमतीका मुख्यमन्त्री मार्फत ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । ललितपुरमा एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका तर्फबाट उक्त स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट ट्राफिक प्रहरीलाई प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने मुख्य मन्त्री लामा बताए । लामो समयदेखि नागरिकको आएको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान उनले बताए । यातायात व्यवस्थालाई प्रभावकारी आवश्यक समन्वय गर्दै जाने उनले बताए ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीसगँ भएको सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी हुने बताए ।

प्रकाशित मिति : २०८१, २ मंसिर आइतबार ००:००  ८ : २७ बजे