२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलो दूध कारखानामा मुख्यमन्त्रीको छड्केः किसान र उद्योगीका समस्या समाधान गर्ने प्रतिवद्धता



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडास्थित धुलो दूध उत्पादन उद्योगको अनुगमन गरेका छन् । बागमती प्रदेश दुग्ध विकास बोर्ड मार्फत हेटौँडा उपमहानगरपालिका–१० शिसौघारीमा सञ्चालित पाउडर दुग्ध प्लान्ट उद्योगको मुख्यमन्त्री लामाले अनुगमन गरेका हुन् ।

प्रदेश सरकारको करिव ५० करोड लागतमा सञ्चालित उक्त उद्योगको उत्पादन, सञ्चालन तथा शुद्धता र गुणस्तरताका विषयमा मुख्यमन्त्री लामाले छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री लामाले उद्योगले तोकिएको मापदण्ड पुरा गरेको पाइएकाले आगामी दिनमा उद्योगको उत्पादन वृद्धि गर्दै बागमती प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन र यहाँ उत्पादिध धुलो दूध विश्व बजारमा पु¥याउन प्रदेश सरकारले सहजिकरण गर्ने बताएका छन् । दूध उत्पादन बढाउन पशुपालनमा किसानलाई प्रोत्साहन गर्ने र दूग्धजन्य सामाग्री निर्माण गर्ने उद्योगलाई आर्थिक सहायताका कार्यक्रममा समेट्ने मुख्यमन्त्री लामाको भनाई थियो ।

धुलो दूध उत्पादनका लागि बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरलगायत बागमती र मधेश प्रदेशका समेत विभिन्न जिल्लाका ५ हजार भन्दा बढी कृषकबाट उद्योगले दैनिक ४० हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूधबाट दैनिक ४ मेट्रिकटन धुलो दूध उत्पादन हुने उद्योगले जनाएको छ ।

यहाँ उत्पादित धुलो दूध नेपालका विभिन्न क्षेत्रका बजारमा जाने गरेको छ । यो उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २०८१, ३ मंसिर सोमबार ००:००  ५ : ०३ बजे