नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपनि समीकरण तलमाथि नहुने बताएका हुन् ।
ओलीले भने, ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ ।’ उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको दावी गरेका छन् ।