२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५२५ जना नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा बिहीबार थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ९ हजार ८ सय ५९ जनामा पीसीआर परिक्षण गर्दा काठमाडौमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ सहित देशभर ५ सय २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

यस्तै थप १०९ जना कोरोना भाइरस संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १६ हजार ८३७ पुगेको छ । देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार ००:००  १२ : ०८ बजे