२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उखुको मूल्य निर्धारण



सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ ।

आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ । मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय भएको छैन । १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य ६ सय ६९ प्रतिक्विन्टल पर्दछ ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार ००:००  ४ : १६ बजे