२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटामा बाघ गणना सुरु



कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो ।

यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गरेका छन् । सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पारेका छन् ।

निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताए । गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए । यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए ।

आर्थिक वर्ष २०७८÷७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन् । करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन् ।

तीन सय पाँच वर्गकिमीमा फैलिएको यो निकुञ्जमा बाह्रसिङ्गाको ठूलो झुण्ड र दुर्लभ पाटेबाघ देख्न सकिन्छ । यो क्षेत्रमा करिब ५४ वर्गकिमी क्षेत्रफलमा घाँसै मैदान छ । निकुञ्जको दीर्घकालीन संरक्षण गरी पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवीकोपार्जनमा टेवा पुग्ने सक्ने अवसर रहेको भए पनि पर्यटकीय पूर्वाधारको कमी र प्रचारप्रसारको अभावको कारण निकुञ्जमा क्षमताअनुसार पर्यटकहरु भित्रिन नसकेको जनाइएको छ ।

मन्त्री शाहीले निकुञ्जको मझगाउँमा नवनिर्मित दुई तल्ले भवनको पनि उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार ००:००  ७ : ४१ बजे