२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँनाथ राराका ४४ वटै विद्यालयमा पक्कि भवन बनाइँदै



मुगुको छायाँनाथ रारा नगरपालिकाले एकैसाथ नगरभित्रका सबै विद्यालयमा पक्कि भवन निर्माण गरिरहेको छ । धेरैठाउँमा खुला आकाशमुनी र केही ठाउँमा जिर्ण भवनमा जस्ताको छानोभित्र बसेर कष्ट झेल्दै पढ्न बाध्य विद्यार्थीलाई पक्कि र सुविधासम्पन्न भवनमा पठनपाठनमैत्री वातावरण दिने उद्देश्यले नगरपालिकाले सबै विद्यालयमा पूर्वाधार विकास गर्न थालेको हो ।

छायाँनाथ रारा नगरपालिका भित्र ४४ वटा सामुदायिक विद्यालय छन् । लामो समयदेखि भौतिक संरचनाको अभाव झेलेका यहाँका सबै विद्यालयमा यतिबेला पक्कि भवन निमार्णको काम भईरहेको छ ।

केही भवन निर्माणपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ भने केही निर्माणाधिन अवस्थामा छन् ।

एउटा स्थानीय तहले शिक्षा क्षेत्रमा कति सुधार गर्नसक्छ भन्ने छायाँनाथ राराले उदाहरण देखाइरहेको छ ।

शैक्षिक विकासको मुल मुद्धा बोकेर चुनावी मैदानमा उत्रिएका छायाँनाथ राराका मेयर विष्णुकुमार भामले निर्वाचित भए लगत्तै शैक्षिक विकास र गुणस्तर सुधारका लागि अभियानात्मक रुपमा काम गरिरहेका छन् । नगरभित्रका सबै विद्यालयमा पक्कि संरचना बनाएर विद्यार्थीमैत्री वातावरण निर्माण गर्नेकाम भईरहेको नगरप्रमुख भामको भनाई छ ।

शिक्षाक्षेत्रका समस्या पहिचान गरेर विद्यार्थी अनुपातमा शिक्षक दरबन्दि व्यवस्थापन, अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको सर्वाङ्गिङ विकास, गाउँका विद्यालयमा कम्प्युटर, ल्याव र प्राविधिक धारका विषय समेत पढाउनेगरी नगरपालिकाले नीतिगत काम गरिरहेको छ ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेपछि विगतभन्दा छायाँनाथ राराको शैक्षिक गुणस्तर बढेको छ ।  

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार ००:००  १० : १२ बजे