२०८१, ८ माघ मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको पातारासीमा फोरजी सेवा सुरु

दुर्गमगाउँका नागरिक प्रविधि मार्फत विश्वसँग जोडिए



जुम्लाको पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । प्रविधिको विकासले विश्वभर सहजता आएपनि पातारासी २ का नागरिक सञ्चारको पहुँचमा पुग्न सकेका थिएनन् । नागरिक सञ्चार तथा इन्टरनेटको उपयोग गर्नबाट बञ्चित भएका थिए भने वडा कार्यालयलाई प्रविधिमैत्री सेवा प्रवाह गर्न समस्या थियो ।

स्थानीयले गाउँमा सञ्चारको पहुँच विस्तार गर्न माग गर्दै आएका थिए । जनप्रतिनिधिले यसको अगुवाइ गरेका थिए ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले अध्यक्षको कार्यभार सम्हालेदेखि नै पालिकाभित्र सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएका थिए ।

जिल्लाको विकट गाउँ मानिने यो वडाको फुर्कीसल्ला डाँडामा टावर राखेर सोमबारदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।

अब पातारासीका दुर्गम गाउँमा पनि नेपाल टेलिकमको फोरजीसहितको सेवा सुरु भएपछि सहज भएको छ । यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् । 

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले अनलाईन सरोकारसँग बताए । दुर्गम गाउँका नागरिक अनलाइन मार्फत विश्वसँग जोडिएको उनको भनाई छ । यद्यपी टेलिकमको सेवाको गुणस्तर भने कमजोर रहेकाले पावर बढाउन टेलिकमसँग वडाअध्यक्ष बोहोराले आग्रह गरेका छन् ।

गाउँमा टेलिफोन सुचारु भएपछि कर्णालीको दुर्गम जिल्ला जुम्लाको पनि दुर्गम गाउँ पातारासीका नागरिक प्रविधि मार्फत विश्वभर सञ्चार गर्न र सूचना आदानप्रदान गरेर दैनिकी सहज बनाउने सक्ने अवस्थामा पुगेका छन् ।

जुम्लाका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भईरहेको नेपाल टेलिकम जुम्लाले जनाएको छ ।  

प्रकाशित मिति : २०८१, १९ मंसिर बुधबार ००:००  ३ : २० बजे