२०८१, १९ माघ शनिबार | Sat Feb 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ



काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई शुक्रबार रामेछापको सदरमुकाम मन्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

’दर्पण घिसिङ भन्ने व्यक्तिलाई बन्धक बनाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए ।

उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले निलम्बन गरेको छ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार ००:००  ११ : १० बजे