सिन्धुली । सिन्धुलीमा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार किटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित मध्ये १ जना महिला र १२ जना पुरुष छन् । अन्य संक्रमित महोतरीका २ जना, सिन्धुलीका ९ जना र नेपाली सेनाका २ जना रहेका छन् । संक्रमित हुनेहरुमा महोत्तरी घर भएका ३० र १९ वर्षीय पुरुष, सिन्धुलीका क्वारेन्टाइनमा बसेका कमलामाई नगरपालिकाका ४ जना र तिनपाटन गाउँपालिकाका ३ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए । उनीहरु सबै १७ देखी ३५ बर्ष उमेर समुहका रहेका छन्।
यस्तै सिन्धुली अस्पतालमा कार्यरत ३५ बर्षिय कार्यलय सहयोगी महिला, नेपाली सेनाका दुईजना जवानमा पनि कोरोना पुष्टि भएको छ । सैनिकहरुमा ९ नम्बर बहिनी अडका ३५ वर्षीय पुरुष १ जना र बन तथा पर्यावरण गण चन्दपुरमा कार्यरत ३६ वर्षीय सैनिक लाई कारोना पुष्टि भएको हो ।
त्कोरोना संक्रमित पहुनाको रुपमा आएर बसेका कनपा ७ बुद्धनगरका १७ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैको प्रादेशिक प्रयोगशाला हेटौडामा परिक्षण गरिएको थियो ।