२०८१, १० पुस बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाको महालक्ष्मीमा आँखा उपचार, फिजियो थेरापी र एक्सरे सेवा विस्तार



धनकुटाको महालक्ष्मी नगरपालिकामा आँखा उपचार, फिजियो थेरापी र एक्सरेसहितको सेवा विस्तार गरिएको छ । नगरबासीलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गराउने उद्देश्यलेले महालक्ष्मी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र अर्खौले जितपुरमा आँखा जाँच तथा उपचार सेवा, फिजियो थेरापी र एक्सरे सेवा समेत विस्तार गरेको हो ।

नगरभित्रका सबै स्वास्थ्य संस्था मार्फत प्रवाह हुने सेवालाई प्रभावकारी बनाउँदै प्राथमिक स्वास्थ्य केन्द्रको सेवा थप गरिएको नगरप्रमुख धु्रुबराज रायाले बताए । नगरपालिकाको केन्द्र जितपुरमै आँखा उपचार, फिजियो थेरापी र एक्सरे सेवा सुरु गरेपछि सामान्य स्वास्थ्य समस्या हुँदा परीक्षण र उपचारका लागि सदरमुकाम धनकुटा वा अन्य शहरहरुमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको नगरप्रमुख रायाको भनाई छ ।

महालक्ष्मी नगरपालिकाले स्वास्थ्य क्षेत्रका समस्या समाधान र गर्भावस्था देखि वृद्धावस्था सम्मका नागरिकको स्वास्थ्य सेवाको गुणस्तर वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

जनप्रतिनिधिले नगरभित्रका स्वास्थ्य संस्थाको सेवा प्रवाहको नियमित अनुगमन गर्ने गरेका छन् ।

विगतमा समस्याग्रस्त महालक्ष्मीको स्वास्थ्य क्षेत्र स्थानीय सरकारको पहलमा संघियतापछि सुधार आएको छ ।

प्रकाशित मिति : २०८१, ९ पुस मंगलबार ००:००  १० : १९ बजे