२०८२, ९ श्रावण बिहीबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा भोलिदेखि ‘मह उत्सव’



प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।

परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५र ७६देखि चितवनमा मौरीजोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो । चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।

प्रकाशित मिति : २०८१, १० पुस बुधबार ००:००  ८ : ०८ बजे