२०८१, १९ माघ शनिबार | Sat Feb 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा भदौ ६ गतेसम्म लकडाउन



काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आज (शनिबार)देखि भदौ ६ गतेसम्म लकडाउन घोषणा गरिएको छ । आज बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

शुक्रबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लाका केही स्थानीय तहमा संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको शर्माले बताए ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार ००:००  ३ : ५८ बजे