२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक पहिरो: थप ५ जनाको शव फेला



काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप पाँच जनाको शव भेटिएको छ । उनीहरुको सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष सिर्जना  तामाङका अनुसार, शनिबार १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाइ दोङ, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया बिमला दोङ र सात महिनाका बालक करिब दोङको शव फेला परेको हो । उनीहरुको शव कानुनी प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार ११ जनाको शव फेला पारेको थियो । उनीहरुको शव अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाइसकेको प्रहरीको भनाइ छ ।

यससँगै उक्त पहिरोमा बेपत्ता ३९ जनामध्ये १६ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार अन्यको खोजी कार्य जारी छ ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार ००:००  ९ : ५५ बजे