२०८१, १३ पुस शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब पनि झोलामा खोला बोकेर नहिँडौँ : सांसद



सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उहाँहरुले झोलाभित्र खोला ओटगेर राख्न नहुने बताउनुभयो ।

संशोधनकर्ता सुमना श्रेष्ठले लाइसेन्स मात्रै ओगटेर काम नगर्ने परिपाटी रहेको भन्दै यसरी झोलोभित्र खोला ओगटेर हिँड्न नहुने बताउनुभएको छ । “यहाँ लाइसेन्स लिने थुप्रैले विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढाउन सकेका छैनन्, लाइसेन्स भने ओगटेर काम नगर्ने परिपाटी बन्द गर्नुपर्छ”, प्रतिप्रश्न गर्दै श्रेष्ठले भन्नुभयो, “कहिले सम्म झोलामा खोला बोकेर हिँड्ने परिपाटी राख्ने त रु” नयाँ विधेयकमा लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्ससमेत जफत हुनुपर्नेगरी विधेयक संशोधन गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।

संशोधनकर्ता नगिना यादवले भारतले नेपाललाई विद्युत्नदिएर लोडसेडिङ भएको भन्ने गलत भ्रम नछर्नसमेत आग्रह गर्नुभयो । “यतिबेला भारतमा पनि विद्युत् उत्पादन नै कम छ, खपतको पनि पिकआवर छ । उतै विद्युत् पुगेको छैन”, उहाँले भन्नुभयो, “अनि भारतले विद्युत् दिएन भनेर नकारात्मक भ्रम किन फैलाउने रु”

विधेयकको मस्यौदामा भएको कतिपय व्यवस्था हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “विद्युत् उत्पादनको स्थानीय तहलाई पाँच र प्रदेश तहमा २५ मेगावाट दिनेगरी विधेयकको मस्यौदा तयार भएको छ, तर यो व्यावहारिक छैन हटाउनुपर्छ”, यादवले भन्नुभयो ।

संशोधनकर्ता रामप्रसाद चौधरीले विद्युत् उत्पादनका क्रममा माछापालनको व्यवसाय धरापमा पार्न नहुनेगरी विधेयक संशोधन गर्नुपर्ने सुझाव दिनुभएको छ । संशोधनकर्ता प्रेम सुवालले समाजवादोउन्मुख विद्युत् उत्पादनमा जोड दिनुभयो । “अहिले ८० प्रतिशत विद्युत् उत्पादन निजी क्षेत्र र २० प्रतिशत सरकारी क्षेत्रबाट भएको छ । समाजवादमा ८० प्रतिशत सरकारी क्षेत्रबाट र बाँकी २० प्रतिशत निजी क्षेत्रबाट विद्युत् उत्पादन हुनुपर्छ”, उहाँले भन्नुभयो, “अनि विद्युत् स्वदेशमा नै खपत गर्ने गरी काम गर्नुपर्छ ।”

संशोधनकर्ता महेशकुमार बर्तौलाले निजी क्षेत्रको उपस्थितिलाई बलियो बनाउने गरी विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । संशोधनकर्ता सूर्यमान तामाङले ग्रामीण क्षेत्रमा उत्पादन भएका विद्युत् व्यवस्थापन हुन नसकेको भन्दै संशोधनमा विद्युत् उत्पादनपछि व्यवस्थापन गर्ने बुँदा थप गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

साथै संशोधनकर्ता मनबहादुर गुरुङले कार्बन उत्सर्जन कटौती गर्न विद्युत् प्रवद्र्धनमा जोड दिनुभएको छ । संशोधनकर्ता बिना जैसवालले विद्युत् व्यापार प्रवद्र्धन गर्नेगरी विधेयक संशोधन हुनपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : २०८१, १२ पुस शुक्रबार ००:००  ४ : ५३ बजे