२०८१, १३ पुस शनिबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा रैथाने खाना महोत्सव २०८१ सुरु, बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा उद्घाटन !

रैथानेको संरक्षणले मात्रै विकास बढ्ने छ :मुख्यमन्त्री लामा



भरतपुर भ्रमण वर्ष २०२४ को विशेष आकर्षण मानिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ सुरु भएको छ । भरतपुरको मेघौलीमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमकाबिच महोत्सवको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमा मुख्यमन्त्री लामाले रैथाने खानाले मात्रै पर्यटन प्रवद्र्धन गर्न सक्ने बताउनुभयो । “रैथाने खानाको स्वाद अहिले महत्त्व बढ्दै छ । रैथानेको संरक्षणले मात्रै विकास बढ्ने छ“, उहाँले भन्नुभयो ।

मेघौली थारू, बोटे लगायतका जनजातिहरूको भाषा संस्कृतिसँगै रैथाने खानाको संरक्षण गर्न उहाँले जोड दिनुभयो । उहाँले रैथाने खानासँगै रैथाने अन्नको बिउँ जोगाउन पनि सबैमा आग्रह गर्नुभयो । उहाँले हात्ती पोलो मेघौलीको पहिचान भएकाले यसको निरन्तरता गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्य अनुसारका पर्यटकहरु आएको बताउनुभयो ।

महोत्सव पुस १६ गते सकिने छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१, १३ पुस शनिबार ००:००  ९ : १६ बजे