२०८१, १९ माघ शनिबार | Sat Feb 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा एक महिला कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो ।

सापकोटाका अनुसार उनमा फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो ।

उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आइतबार ००:००  ३ : ४३ बजे