२०८१, १८ पुस बिहीबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धर्म संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक छ : बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा



धादिङको नीलकण्ठ नगरपालिका घुसेनी फुटबल मैदानमा आयोजित गोरु जुधाइ तथा तमु ल्होसारको बृहत् सास्कृतीक कार्यक्रमको अवसरमा तमु ल्होसार र आउँदै गरेको अङ्ग्रेजी वर्षको शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले सबै चाड पर्व , धर्म संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनु भयो ।

धादिङ जिल्ला वासीको लागी विकास निमार्णका धेरै काम गर्न बाकी रहेको बताउँदै स्थानीय बासिहरुको मागलाई सकारात्मक रूपमा लिएको उहाँको भनाई छ ।

फरक प्रसङ्गमा मुख्य मन्त्री लामाले आफू पनि जनजातिको छोराको नाताले दूर दराजमा भएका जनजाति, उत्पीडित , दलितलाई एकता बद्ध ढङ्गले समस्याको सम्बोधन हुने बताउनु भयो । कार्यक्रममा मुख्य मन्त्री लामाले इतिहासलाई सम्झँदै नेपाली काँग्रेसले महिला जनजाति दलित पिछडिएको बर्गलाई सरकारको नेतृत्वमा पुराउने पाटी नेपाली काँग्रेस रहेको बताउनु भयो । नेपाली काँग्रेसको कारण प्रजातन्त्र र लोकतन्त्र सम्भव भएको हो । सबै एकता बद्ध भएर आउनुस् युद्ध गरेर नागरिकले दुख पाए भनी माओवादीलाई शान्ति पक्रियामा ल्याउने पाटी र आफ्नो मौलिक हक अधिकार जनताले भोट दिएर जित्ने अधिकार जनता सुनिश्चित हुनु पर्छ भन्ने पाटी पनि नेपाली काँग्रेु भएको बताउनु भयो ।

मुलुकमा विकास निमार्णका कामहरू धेरै अघाडी बडेको र सुधार्ने पक्ष पनि धेरै भएकाले तीनै तहको सरकार र नागरिक सुधारिएमा देश विकास हुन समय नलाग्ने बताउँदै समृद्धको आधार नागरिक भएकोले नागरिकले पनि देशको लागी योगदान दिन जरुरी रहेको बताउनु भयो ।

नेपाल बहुसास्किृतीक र बहुधार्मिक मुलुक भएकाले आफ्नो तर्फबाट चार्डपर्बहरुको संरक्षणमा सबै लागी पर्नू पर्ने बताउनु भयो । हाम्रो संस्कार सस्कृती पुस्तान्तरण गर्न जरुरी रहेकाले विभिन्न भाषिक समस्यालाई पनि एक रुपता दिनु पर्न मुख्य मन्त्री लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, १५ पुस सोमबार ००:००  ८ : १८ बजे