२०८१, २१ पुस आइतबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखु गाउँपालिकामा खाली सिसी र प्लाष्टिक जन्य पद्धार्थको ब्यबस्थापन अभियान जारी




ओखलढुङ्गा लिखु गाउँपालिकामा खाली सिसी र प्लाष्टिक जन्य पद्धार्थको ब्यबस्थापन सम्बन्धि अभियान सुरु भएको छ ।गाउँपालिकाको वातावरण तथा विपद व्यबस्थापन समितिको आयोजनामा उक्त अभियान पुष १५ गतेबाट पालिकाका सबै वडामा सुरु भएको हो ।

लिखु गाउँपालिकाको प्रकाशित सूचनालाई सेयर गर्दै लिखु गाउँपालिका वडा न . ६ का वडा अध्यक्ष एवम् वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टिकाराम क्याप्छाकी मगरले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई जानकारी गाराएका थिए ।

पुष १५ गतेबाट पालिकाका सबै वडाहरुमा सुरु भएको अभियान अन्तर्गत गाउँपालिकाका विभिन्न वडाहरुको बजार क्षेत्र तथा यत्रतत्र छरिएर रहेका सिसाजन्य तथा प्लाष्टिक जन्य फोहोर पद्धार्थहरुको संकलन तथा व्यबस्थापन कार्य सुरुवात गरिएको हो । संकलन भएको उक्त फोहोरलाई गाउँपालिकाले तोेकेको निश्चित क्षेत्रमा लगेर ब्यबस्थापन गरिने लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक टिकाराम क्याप्छाकी मगरले जानकारी दिए ।

अभियान अन्तर्गत शोमबार लिखु गाँउपालिकाका वडा नं. ४ र ५, मंगलबार वडा नं. १, २ र ३ मा खाली सिसी र प्लाष्टिक जन्य फोहोर पद्धार्थ संकलन गरिएको छ । त्यस्तै बुधबार वडा नं. ६ र ७ तथा विहिबार ८ र ९ नम्बर वडामा अभियान सञ्चालन गरिने वडा अध्यक्ष एवम् वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक मगरले जानकारी दिए ।

सिसाजन्य तथा प्लाष्टिक जन्य फोहोर ब्यबस्थापनका लागि गाउँपालिकाले केहि वर्ष अगाडी नै वडा नं. ३ नर्मदेश्वरको माझिटार र वडा नं. ६ मा डम्पिङ साईड निर्माण गरेको छ । संकलन भएका उक्त फोहोरलाई ती स्थानमा लगेर ब्यबस्थापन गरिने वडा अध्यक्ष क्याप्छाकी मगरको भनाइ छ ।

गाउँ पालिकाको खाली सिसी र प्लाष्टिक जन्य पद्धार्थको ब्यबस्थापन सम्बन्धि अभियानमा लिखु गाउँपालिकाको वातावरण तथा विपद व्यबस्थापन समितिका सदस्यहरु, पालिका प्रहरी तथा स्थलगत विपद उद्धार समितिका सदस्यहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति : २०८१, १७ पुस बुधबार ००:००  ४ : १० बजे