२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृद्धभत्ता लिन लाइन बस्दा ज्यान गयाे



अनलाइन सरोकार

धादिङ – धादिङकाे गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा मृत्यु भएको छ । बैंकमा बेहोश भएर ढलेका गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङकाे मृत्यु भएकाे हाे ।

वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

बैंकमा लाइन बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ९ : ५७ बजे