२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि



पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ । ‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुने टोलीले  रु ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका निम्ति रु ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताउनुभयो । 

आयोजक क्लबले आज पाँचथरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको थियो ।

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार ००:००  ८ : ५२ बजे