२०८२, १९ माघ आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सोनाम ल्होछार महोत्सव मङ्गलबारदेखि



सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिनुभएको हो । 

सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुलरसापुख्री ९सर्प वर्ष० पर्वका अवसरमा टुँडिखेलमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।  उक्त महोत्सव सम्पन्न गर्न एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

यसवर्ष ‘मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन्ने मूल नारासहित महोत्सव मनाइँदैछ । अध्यक्ष गोलेले भन्नुभयो, “सोनाम ल्होछार–२८६१ डुल ल्हो ९सर्प वर्ष० भएकाले हाम्रो कार्यक्रमस्थलको मुख्य स्टेजलाई पूरै सर्पको मुखाकृति आकारमा बनाइने भएको छ ।” 

महोत्सवमा परम्परागत सामग्रीसहितको स्टल रहनेछ भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजातिसम्बन्धी पुस्तक राखिने आयोजकले जनाएको छ । यो पर्व तामाङ, ह्योल्मोलगायत आदिवासी जनजाति समुदायले मनाउँदै आएका छन् । ल्होको अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । 

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार ००:००  ६ : ०८ बजे