२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना



प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । साथै, उहाँले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१, १६ माघ बुधबार ००:००  ९ : ४२ बजे