ओखलढुङ्गा चम्पादेवी गाउँपालिका १० रानीवनका १८ वर्षीय रबी तोलाङ्गी १३ माघमा दक्षिणकाली खहरे चोकबाट बेपत्ता भएका छन् ।
काम गर्ने साथी सँग बिदा मागेर गाउँ जान्छु भनेर हिँडेका तोलाङ्गी ,आज ४ दिन बिती सक्दा पनि अत्तो पत्तो छैन । नत गाउँ गएका छन् नत कुनै आफन्तकोमा, तालोङ्गीका आफन्त सुजनका अनुसार उनी एक महिना अघि मात्र पहिलो पटक काठमान्डु आएका थिए ।
गाउँ जान्छु भनेर बिहान ९ बजे निस्केका थिए । त्यसयता उनी बेपत्ता भएका हुन् । उनी पढ्न लेख्न जान्दैन थिए र मोबाइल पनि चलाउँदैन थिए । रबी बेपत्ता भएपछि खोजिगरिन भन्दै प्रहरी कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म पत्ता नलागेको सुजनले बताए ।
कालो ज्याकेट , जिन्स पाइट , अनुहार छोपिने टोपी , सिलाको चप्पल लगाएका बेपत्ता तोलाङ्गी कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्न रबीका आफन्तले अनुरोध गरेका छन् ।