
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि भक्तपुर नरगपालिकाले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार बैठक बसेर बुधबारदेखि भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरसका संक्रमित नेपालमा पनि दैनिक सयौंको संख्यामा थपिएकाले समुदायस्तरमा संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको जनाएको छ ।
करिब ४ महिनासम्मको लकडाउनपछि साउन ८ बाट सुरु भएको सार्वजनिक यातायात सञ्चालन मध्यपुर थिमि नगरपालिकाले गत साउन ३२ बाट १० दिनका लागि रोक लगाएको छ ।











