२०८३, १८ श्रावण सोमबार | Tue Aug 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम



जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ ।

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताउनुभयो । विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उहाँको कथन थियो ।

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गर्नुभयो ।

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासङ्घ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन् ।

प्रकाशित मिति : २०८१, १७ माघ बिहिबार ००:००  ११ : ४४ बजे