२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्दोष बालबालिका पनि कारागारमा



बागलुङ जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ पर्नुभएको थियो । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आउनुभएको छ ।

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी २ वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १७ माघ बिहीबार ००:००  ११ : ५२ बजे