२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा हेलिकप्टरसँग ठोकिएर विमान दुर्घटना, कम्तीमा १८ को मृत्यु



अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो ।

उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएको हो ।

अमेरिकाको संघीय नागरिक उड्डयन निकाय ( एफएए ) का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।

विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको ब्ल्याक हकु हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१, १७ माघ बिहीबार ००:००  १२ : १७ बजे