२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफू मातहतकै कर्मचारीसँग यौन क्रियाकलापमा संलग्न अहेव रंगेहात पक्राउ



अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ। बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमान‍्ले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए।

उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो। प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ।

प्रकाशित मिति : २०८१, १८ माघ शुक्रबार ००:००  १ : ३८ बजे